हत्या हिंसा
आमाको गर्भमा जब छोरीको वास हुन्छ, कैयौँ छोरीको गर्भ मै पतन गरिन्छ। गर्भ मा छोरी भएकै कारण कैयौं आमालाई पौष्टिक आहार मिल्दैन । यति पछि थाेरै छोरीले नौं महिना पछि यो धर्तीमा जन्म पाउँछन् । छोरी भएकै कारण धेरै छोरी पौष्टिक आहारबाट बन्चित हुन्छन् , पौष्टिक आहार नपाएकै कारण कतिको मृत्यू हुन्छ। यो सबलाई जितेर २/४ वर्ष पुगेका छोरी माथि हिंसाको डर हुन्छ। यो सबलाई कसैले पुलिसमा उजुरी दिएर न्याय नपाई, कसैले यो मेरो भाग्य हो भनेर , कसैले छोरीले सब सहन पर्छ आदि भनेर एक दीन उ आमा बन्छे। त्यहाँ पनि आफूले चाहेर नचाएर कहिले श्रीमानबाट, कहिले सासु ससुरा त कहिले समाज बाट धेरै हिम्सा मा चुप चाप केही नबोलि सहन्छिन् तर त्यही कुरा आफ्नो छोरीलाई नहोस् भन्ने चाहेकी हुन्छिन। गन्ती नै छैनन् ति स-साना हिंसाका त, हामीलाई हिंसाको अर्थ था नहुँदै हाम्रो शरीर लाई सुम्सुम्याउने हातका त, दाई , काका काे नाता ओडेर गरिएका ती सुम्सुम्याईका त, यति सम्म कि गुरुहरूबाट विद्यार्थी र अभिभावकबाट आफ्नै सन्ततिलाई , कुनै गन्ती नै रहेन। अझ सार्वजनिक ठाउँमा त कुरै छोडौं, गन्ती नै गर्ने हो भने हिंसा नभोगेको विरलै भेटिएला।
घरमा परिवारको सदस्यकै डर, विद्यालयमा गुरुकै , हस्पिटलमा डक्टरकै, मन्दिरमा , बाटोमा , पसलमा त डर नै डर। म सानो हुँदा आमाले सुनसान ठाउँमा एक्लै नजाऊ है डर हुन्छ भन्नु हुन्थ्यो तर ऐले सुनसनमा भन्दा त भिडभाडमा झन् धेरै डर। बरु जंगलमा जंगली जनावरले आक्रमण गरे त एकै पटकमा मारिन्थ्यो होला घरमा पटक पटक मर्नु भन्दा त भन्ने समय आइसक्यो। समाज पछि परेको , हत्या हिंसा बढेको कारण अशाक्षार्ता हो भन्छन् तर के धेरै हत्या हिंसाकाे कारण अशाक्षार्ता हो त? कतिले छोरी मान्छेको पहिरनले हो भन्छन् तर के बुर्खा लगाउने छोरीको बलात्कार भएको छैन र?
अब आयो सामाजिक सञ्जालमा बलात्कारीलाई फाँसी दिनु पर्छ भन्नेको कुरा । कसैको घरकी लक्ष्मी ' दिदी, बहिनी, आमा, श्रीमती, काे बलात्कार भएर निर्मम हत्या हुन्छ अनि आपराधि पनि पक्राउ हुन्छ तर अपराधीलाई सझाएको सट्टा ' जय नेपाल' भनी सम्मान गरिन्छ , यो देशमा भएकै कानुन दिनु राम्रो कुरा हो तर धेरै अपराधि सत्तामा आफ्नो मान्छे भएकै कारण सजाए भोग्नु नपर्ने हुन्छ। म माथि हिंसा गरियो भन्दा मानहानीको मुद्घा लाग्छ यहाँ। यस्तो हुन्छ भन्दैमा आवाज नउठाउने भनेको होइन तर कसैले गल्ती गर्छ भने उसलाई फाँसी दिनु एउटा मात्र समाधन होइन । यस्तो कानुन ल्याइओस की कसैले एकपटक गल्ती गरेर अर्को पटक एउटा राम्रो मान्छे बनेर जीवन बिताउन पाओस् । गल्तीलाई गल्ती नभन्ने लाई अन्तिम समाधन फाँसी हुन सक्छ तर पहिलो होइन।
छोरीले सतप्दियौँ देखि हिंसा भोक्दै आएका छन्, अघि पनि निस्साय भोग्न् छन् तर यति दुःख कष्ट सहेर पनि बाँच्न चाहने छोरीलाई छोरीलाई सास फेर्न त दीओस्। गल्ती सबैबाट हुन सक्छ , हजुरहरुले पनि कसैको छोरीको अनुमति बिना उसको शरीर छुनु भएको हुन सक्छ , कसैको शरीरलाई उसको अनुमति बिना नीहल्ननु भएको हुन सक्छ । जे हुने भैगो अब त आँखा खोलौ , कसैको शरीर उसको अनुमति बिना छुने दुस्प्रयास नगरौं । आफूबाट नै सुरु गरौं यसले धेरै हत्या हिंसाका अान्त्य हुन सक्छ।
😔😔😢😭
ReplyDelete