महिनवारी

 महिनाको पाँच दिन घरभित्र नगएर , स्वर्ग जाने भए 

महिनाको पच्चिस दिन नै घर भीत्र नजाउला  ।।


महिनावारी भएको समयमा टीका नलगाएर धर्म हुन्छ भने 

जीवनभरि नै खाली निधार बसौला ।।


मैले टीका लगाउन औषधी खाएर महिनावारी पर सार्दा परिवारमा खुसी आउँछ भने ,

दिर्ग रोगीले जस्तै दिनदिनै औषधि खाउला ।।


तर के हजुरले पञ्चमी मा सुनाएको कथा वास्तविक जीवनमा आधारित छ त

मैले महिनाको ५ दिन महिनावारी बार्दा मेरो परिवार खुसी हुन्छ त???


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?