हत्या हिंसा
आमाको गर्भमा जब छोरीको वास हुन्छ, कैयौँ छोरीको गर्भ मै पतन गरिन्छ। गर्भ मा छोरी भएकै कारण कैयौं आमालाई पौष्टिक आहार मिल्दैन । यति पछि थाेरै छोरीले नौं महिना पछि यो धर्तीमा जन्म पाउँछन् । छोरी भएकै कारण धेरै छोरी पौष्टिक आहारबाट बन्चित हुन्छन् , पौष्टिक आहार नपाएकै कारण कतिको मृत्यू हुन्छ। यो सबलाई जितेर २/४ वर्ष पुगेका छोरी माथि हिंसाको डर हुन्छ। यो सबलाई कसैले पुलिसमा उजुरी दिएर न्याय नपाई, कसैले यो मेरो भाग्य हो भनेर , कसैले छोरीले सब सहन पर्छ आदि भनेर एक दीन उ आमा बन्छे। त्यहाँ पनि आफूले चाहेर नचाएर कहिले श्रीमानबाट, कहिले सासु ससुरा त कहिले समाज बाट धेरै हिम्सा मा चुप चाप केही नबोलि सहन्छिन् तर त्यही कुरा आफ्नो छोरीलाई नहोस् भन्ने चाहेकी हुन्छिन। गन्ती नै छैनन् ति स-साना हिंसाका त, हामीलाई हिंसाको अर्थ था नहुँदै हाम्रो शरीर लाई सुम्सुम्याउने हातका त, दाई , काका काे नाता ओडेर गरिएका ती सुम्सुम्याईका त, यति सम्म कि गुरुहरूबाट विद्यार्थी र अभिभावकबाट आफ्नै सन्ततिलाई , कुनै गन्ती नै रहेन। अझ सार्वजनिक ठाउँमा त कुरै छोडौं, गन्ती नै गर्ने हो भने हिंसा नभोगेको विरलै भेटिएला।...