प्रेम, मृत्युको मुख्य जरो

थाहा पाएँ अरूबाट तिम्ले मलाई मन पराउछौ रे...
प्रश्न आए अनेक थरी मेरो मुटुलाई भयो भारी
याद आए साथी भनी बोलेको र हाँसीहाँसी खेलेका ती दिनहरु
मुटु दुख्यो, मुटुले सोध्यो  मुटुलाई अनेक थरी प्रश्नहरू।।

डुब्दै गएँ  भावनामा तिम्रो यादहरूले सताइ रह्यो दिनदिन
एउटै डर थियो, अब म उनको मुहारमा हेर्न सक्ने भइन नजर जुधाइकन
उनि संग बोल्न खोज्दा बोलि अड्किन्छ बिचमा
जहाँ बस्यो, जे गर्यो उनकै यादहरू यो दिलको छेउमा।।

उनको माध्यम बाट थाहा पाउँदा त मुटुको रोगी छु
प्रतक्ष आएर भन्यौ भने त जान्छु होला भगवान को सुन्दर घरमा
मलाई भगवानको प्यारो सन्तान बनाउनु छ भने,
एउटा काम गरे हुन्छ, प्रतक्ष आएर 'आई लव यू' भने हुन्छ।।

सक्छौ भने कृपया मलाई प्रेम प्रस्ताव नगर
एउटा केटीको लागि आफ्नो जीवन बर्बाद नगर
अरूबाट थाहा पाउँदा त घरमा थिएँ, पल्टिएँ आफ्नै बिस्तारामा
तिम्ले प्रतक्ष भन्यौ भने त पल्टिने बिस्तारा पनि हुँदैन सहारा।।

यदि मलाई प्रतक्ष प्रेम प्रस्ताव गर्यौ भने त
समय पनि कम हुन्छ होला छाती माथी हात राख्न
मेरो जिन्दगी थोरै हुन्छ, तिम्रो अगाडी बाँच्न
सपना देख्ने समय पनि हुन्न होला, तिमी र म एकै ठाउँ बाँच्न।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?