Posts

Showing posts from December, 2023

मेरो संसारको त्यो drawer

यो बन्ध कोठामा , मौनता भित्र मेरो संसार मात्र छ, मैले कलम चलाएको ध्वनि मात्र छ, सास फेर्दा ... बायु सरि चाल हुन्छ, पानि पिउदा ... झरनासरि गुड़गुड़ाहट हुन्छ, म छु.... अनि मेरो संसार यही बसेको छ, यी महंगा महंगा Architectural सामानहरु ... टेबलका द्रवेर हरुबाट ... मलाई चिहाउदै ... आफ्नो पालो कुर्दै छन्.. म डुबेको छू.... एउटा Sketch Book र पेन्सिल मा .... Water कलर, पेन्सिल कलर र अनेक सामानले.... म लाई पुकार्दै छन्... उनीहरुको आवाज का सुन्छु र म...? म आफ्नै Comfort Zone मा भुलेको छू.. वास !... Graphite को धुलोसंग खेल्दै .. Graphite को धुलो जस्तै ... यो कालो रात.., Drawer का रङ्ग जस्तै रंगीन हुदै जान्छ.. म हतारिन्छु.. प्रकृतिको रङ्गसंगै .. drawer मा भएका हरेक रङ्ग मिसाउन... म हराउन थाल्छु प्रकृतिको रङ्गमा फेरी... अनि हतासिन्छु प्रकृतिसंग पाइला चाल्न... मेरो संसार पछी छुटेको हुन्छ ... होसमा आइ पाइला चल्दा.... म नग्न हुन्छु ..... गहना बिनाकी नारी जस्तै... हो म  नग्न हुन्छु ... मेरो आफ्नो संसार को त्यो drawer बिना...    ...

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?