साथी
आपरीचित नाता हाम्रो, मनको नाता बन्ने गर्छ , रगतको नातालाई नी , पछि पछि छोड्ने गर्छ ।। एउटै जोस् जागरले , सहकर्मी बनिएला, बाटो फरक भएपनि , चोक कतै भेटिएला ।। मनमा फरककुरा चलेनि, एउटै हाँसोको स्वर निस्किएला परिस्थिति मिल्यो भने , कहीं कतै दुःख सट्ने चौतारी भेटिएला ।। निरन्तर गति मेरो, कहीं कतै अल्जि एन होला, पछि हेर्दै छु तिम्रो आशमा, भेट कतै पक्कै होला ।।