नेवारी घर
उचाइ घरको थोरै छ मेरो , पाँच फिट ढोका, निउरिएर भित्र जाँदा , सम्मान गर्छु म यो माटोको, सिँढीको कुरा गर्दै छौ तिमी, भर्याङ गराउँछु म, सालको काठको, स्तम्भको कुरा गर्दै छौ तिमी, Load-bearing पर्खाल बनाउँछु म, इट्टा र माटोको , पहिलो प्राथमिकता भान्सालाई दिन्छु , अन्नलाई पूँजी भगवान मानेर , माथिल्लो तल्ला सिरमा राखेर , बैठक कोठा त्यसपछि आउँछ , परिवारका लागि भनेर , सित्ने कोठा पहिलो तल्ला मा , भुइँको तल्ला भण्डार कोठा, अनी व्यावसायमा पर्दछ ।