कसरी सहन सक्छिन् होला ?
छोरी मान्छे भएर छोरी मान्छेमा हुने परिवर्तन नहुनु अथवा अथवा मातृत्व बहन गर्न नसकेर भोग्नु पर्ने मानसिक तनावहरु कति छन्? छोरी मान्छे भएर मातृत्व बहन गर्न रहर नहुने थेरै कम मै हुन्छ होला । आफ्नो मनको रहर पूरा गर्न नसक्नु एउटा ठाउँमा पीडा हुँदा हुँदै परिवार, समाजले हेर्ने, उहाँहरुको लागि प्रयोग गर्ने शब्दले उहाँहरुलाई कति असर पर्छ होला? कसैले भनेको नसुनेर/ भनौ ती कुराहरूलाई मनमा दबाएर अनि मनको रहर मारेर पनि अघि बढिरहेकी महिलालाई जहाँ कतै , केही काम बिग्रिए पनि त्यही उसको बजोपन लाई कारण बनाउँदा उसमा कस्तो उसलाई कस्तो महसुस हुन्छ होला? समाज /परिवारको कुरा छोडौ कतिपय ठाउँमा आफ्नै सहयात्री/ जीवनसाथीले पनि यस्तै व्यवहार गर्दा त्यो नारीमा बाँच्ने रहर कहाँबाट आउँछ होला र? मातृत्व बहन गर्न नसक्नु मा उसकै स्वास्थ्यको कारण ले भए त झन् कति के के भोग्नु पर्छ/ कसरी सहन सक्नु हुन्छ होला ? घरपरिवारमा सासु , ससुरा, देवर, नन्ध .... सबै पढेलेखेको हुँदा हुँदै पनि त्यो नारीले आफु आमा बन्न नसक्नुको घोचाई/ हेला किन भोग्नु परिरहेको छ होला?
आफैको भोगाइ आमानै बन्न नसक्नुको नभए पनि ढिला राजस्वला हुँदा आफैले महसुस गरेको भावना हरु धेरै छन् । म १० मा पढ्दा सम्म ( १४ वर्ष पूरा हुँदा सम्म ) मा राजस्वला नहुँदा मलाई आफैलाई डर लग्ने, मा कहिले हुँदैन कि भन्ने कुरा मनमा धेरै खेल्ने धेरै नै हुन्थ्यो । मैले मम्मीलाई पनि सोधेको थिएँ कि म आज सम्म किन राजस्वला नभएको भनेर , मुम्मी पनी ढिला भएको हुँदा म नी ढिला हुन्छु होला भनेर मम्मी सकारात्मक नै हुँदा पनि साथीहरु १२/१३ वर्षमै (७/८ मा पढ्दा) भइसकेको देख्दा मलाई आफै नराम्रो लग्ने, मनमा धेरै कुरा खेल्ने धेरै नै हुन्थ्यो । आमाको सहयोग , समाज बाट एउटा पनि प्रश्न नआउँदा त मलाई कत्ति नराम्रो लाग्थ्यो भने आमा बन्न नसक्ने महिलाको मनमा के के बित्छ होला । १/२ वर्ष ढिला राजस्वला हुँदा त मलाई कति धेरै पीडा हुन्थ्यो भने त्यो आमा बन्न नसक्ने महिलाले आफ्नो रहरको पीडा सहित समाज , परिवार, र आफ्नै जीवनसाथीको हेपाई कसरी सहन सक्छिन् होला ?
😍😍😍😍😍
ReplyDelete