सिसाकलम चलाउँदा
Blunt गर्नलाई हातले त्यो सिसाकलमको graphite मसर्दा हात कालै बन्यो , Graphite कैयौं समय मसारेपछि sketchpad मा एउटा चित्र बन्यो, Perfect नहुँदा पनि मेरो मुहारमा एउटा चमक थियो, त्यो चिया खाने कप चित्रमा उतार्दा, मलाई चियाको चुस्की भन्दा धेरै प्यारो लाग्दै थियो । धेरै कला God gifted हुन्छ , त्यो सबैलाई आउँदैन जस्तै लाग्थ्यो मलाई, मलाई नआउने कलामा एउटा चित्रकला पनि पर्थ्यो, डिप्लोमा पढ्दा मा ५ वर्षको बच्चाले चोकोलेट नपाएर रोएँ झै रुन्थे, मेरो बसको कुरा होइन चित्रकला भनेर, Marksheet मा नम्बर कम अनि कक्षामा rank बढी भनेर, १० कक्षा सम्म सामाजिकमा नेपालको नक्सा , अनि विज्ञानमा २/४ ओटा चित्र बाएक केही कोटेको थिएन, हिजो सम्म जे गरे सायद rank र marks को लागि गरे, तर यसमा म आफ्नो खुसी भेट्न थालेको छु । साहित्य बाहेक चित्रकला पनि मेरो मनको शान्तिको लागि गर्न थालेको छु ।