कसरी सहन सक्छिन् होला ?
छोरी मान्छे भएर छोरी मान्छेमा हुने परिवर्तन नहुनु अथवा अथवा मातृत्व बहन गर्न नसकेर भोग्नु पर्ने मानसिक तनावहरु कति छन्? छोरी मान्छे भएर मातृत्व बहन गर्न रहर नहुने थेरै कम मै हुन्छ होला । आफ्नो मनको रहर पूरा गर्न नसक्नु एउटा ठाउँमा पीडा हुँदा हुँदै परिवार, समाजले हेर्ने, उहाँहरुको लागि प्रयोग गर्ने शब्दले उहाँहरुलाई कति असर पर्छ होला? कसैले भनेको नसुनेर/ भनौ ती कुराहरूलाई मनमा दबाएर अनि मनको रहर मारेर पनि अघि बढिरहेकी महिलालाई जहाँ कतै , केही काम बिग्रिए पनि त्यही उसको बजोपन लाई कारण बनाउँदा उसमा कस्तो उसलाई कस्तो महसुस हुन्छ होला? समाज /परिवारको कुरा छोडौ कतिपय ठाउँमा आफ्नै सहयात्री/ जीवनसाथीले पनि यस्तै व्यवहार गर्दा त्यो नारीमा बाँच्ने रहर कहाँबाट आउँछ होला र? मातृत्व बहन गर्न नसक्नु मा उसकै स्वास्थ्यको कारण ले भए त झन् कति के के भोग्नु पर्छ/ कसरी सहन सक्नु हुन्छ होला ? घरपरिवारमा सासु , ससुरा, देवर, नन्ध .... सबै पढेलेखेको हुँदा हुँदै पनि त्यो नारीले आफु आमा बन्न नसक्नुको घोचाई/ हेला किन भोग्नु परिरहेको छ होला? आफैको भोगाइ आमानै बन्न नसक्नुको नभए पनि ढिल...