नारी
ती तिम्रा कोमल हातहरू बिहे भएपछि नन्द , सासुको हात कोमल बनाउनमा खटिन्छन् , एक डोका घाँस काट्दा फोहोरा परे भनेर आमा सँग झगडा गर्ने तिमी , आज तिम्रा हात ओभाउन पाउँदैनन् , श्रीमानको आमा लाई आमा मान्ने तिमी , कहिलै छोरी बन्न सकेनौं , मिठो नहुँदा खान्न भनेर हिँड्ने तिमी, आज आफूले पकाको खाइदिनु भएन भनेर पिर मान्छौ ।। श्रीमानको आडमा अडिएको तिम्रो जीवन , श्रीमानको हाँसोमा हाँस्छौ त रुवाईमा रुन्छौ, जतिनै खुसीमा किन नहोस् , तिम्रो खुसीले पहिला श्रीमानको खुसी खोज्छ , तिमी जतिनै सफल किन नहोस्, त्यो सफलतामा खुसी हुन पनि तिमी श्रीमान को खुसी खोज्छौ ।। तिमी फुल्न लागिसकेको फूललाई कसैले अर्को ठाँउ सार्दा नी जस्तो महुसम किन नहोस्, तिमी फुल्न छोड्दैनौं , जति दुःख किन नपरोस् तिमी मुस्कुराउन छोड्दैनौँ, कसैले तरकारी केलाइदियोस्, भाडा माज्दा पखाली दियोस् भन्ने हुन्छ होला नि, त्यही पनि सहयोग गर्नु कहिलै भनेनौ , तिमीमा त्यति शक्ति के छ ?? के छ त्यस्तो, सिउँदो भरिदा जिम्वेवारी बुज्ने शक्ति ? एक रात मै सबै दुःख सजिलै अगाल्नने शक्ति?